अपराध
श्रीमती हत्या आरोपमा सुन्दरहरैंचाका विष्णु ऋषिदेव पक्राउ
![](https://nispakshyakhabar.com/wp-content/uploads/2019/11/pakrau-2.jpg)
विराटचोकः श्रीमतीको हत्या गरेको आरोपमा मोरङको सुन्दरहरैँचा – ५ का ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कुटपिटबाट ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को ज्यान गएको बयान उनले दिएका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालका अनुसार आफ्नै घरको कोठाभित्र महिला मृत अवस्थामा रहेको जानकारी प्रहरीलाई आइतबार राति ८ बजे आएको थियो । त्यसपछि ढकालको नेतृत्वमा खटिएको टोली घटनास्थलमा जाँदा नाकबाट रगत बगिरहेको तथा घाँटीभन्दा तलको भागमा थिचेको डाम तथा अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको देखिएको थियो ।
घटनास्थलमा पुगेको प्रहरीले मृत्युलाई शंकास्पद मान्दै घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो । सो मृत्युलाई अस्वभाविक मान्दै प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको थियो ।
शुरुमा उनले मृत्यु भएको अवस्थामा श्रीमतीलाई पाएको बताए पनि पघि घटनाको बारेमा स्वीकार गरेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
युरो कपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/yambape.png)
फ्रान्सले जारी युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो।
यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन्।
रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ। समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
Banner
आज – ०४ आषाढ २०८१ मंगलवार को राशिफल
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/04/438109703_833953985438784_7244814202403427408_n.jpg)
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्त सँग भेट घाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्न लागेको काम बिग्रनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/WhatsApp-Image-2024-06-17-at-5.19.48-PM.jpeg)
माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । माटो मा प्रयोग गरिने रासायनिक मलको प्रयोगले स्वास्थ्य र वातावरण मा बढ्दै गएको नकारात्मक असरलाई न्युनिकरण गर्दै अन्त्य गर्ने उदेश्य राखि रासायनिक मलको विकल्पमा अर्गानिक जैविक मलको प्रयोग गरि अर्गानिक उत्पादनका लागि जोड दिने उदेश्यले जैविक मलको उपयोगिता र महत्वबारे विज्ञद्वारा प्रशिक्षण दिएको आयोजक संस्थाका माटो बचाउ अभियान का अभियान्ता अनुरोध शाह ले बताए । कार्यक्रम मारुति हाईजिन नेपालका अध्यक्ष राजन निरौलाको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login